टोपबहादुर रायमाझीलाई अदालत पेस गरिँदै

फाइल तस्विर
फाइल तस्विर

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता तथा पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई आज (सोमबार) म्याद थपको लागि अदालत लगिँदैछ।

वैशाख २० गते ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई प्रहरीले आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। उनलाई अनुसन्धानको लागि म्याद थप गर्न आज जिल्ला अदालत काठमाडौँमा पेस गर्न लागिएको हो।

रायमाझीलाई पक्राउ गरी टेकुस्थित काठमाडौँ प्रहरी परिसर काठाडौँमा राखिएको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेर करोडौँ पैसा असुली शक्तिको आडमा सरकारलाई नीतिगत निर्णय गराएको आरोप उनीमाथि लागेको छ।

प्रकाशित मिति: : 2023-05-15 09:35:00

प्रतिकृया दिनुहोस्