टोपबहादुरकाे सांसद पद यथावत, अदालतकाे आदेशपछि निर्णय हुने

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद टोपबहादुर रायमाझीको सांसद पद यथावत रहने भएकाे छ।

सोमबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले रायमाझी पक्राउ परेको जानकारी गराएका थिए। तर सांसद पद भने यथावत नै रहने छ।

यसअघि प्रहरीले पक्राउ गर्ने बित्तिकै सांसद पदबाट स्वतः निलम्बन हुने व्यवस्था थियो। तर, दलहरुले सो विषयमा संशोधन गरेर अदालतको आदेशपछि मात्र सांसद निलम्बन हुने व्यवस्था राखेका छन्।

रायमाझी अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित भएका हुन्। उनलाई आइतबार साँझ प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो।

रायमाझीलाई नेकपा (एमाले) ले यसअघि नै आफ्नो पार्टीको सचिव पदबाट निलम्बन गरिसकेको छ। सच्याइएकाे: सम्पादक 

प्रकाशित मिति: : 2023-05-15 16:14:00

प्रतिकृया दिनुहोस्