काँग्रेसका कार्यकर्ताबाट कुटिए माओवादीका पूर्ववडाध्यक्ष

घाइते पूर्ववडाध्यक्ष पिमलाल वली र  कुटिपिट गर्ने दिलिप बस्नेत
घाइते पूर्ववडाध्यक्ष पिमलाल वली र कुटिपिट गर्ने दिलिप बस्नेत

दाङमा काँग्रेसका कार्यकर्ताद्वारा माओवादी केन्द्रका पूर्ववडाध्यक्ष कुटिएका छन्।

शान्तिनगर गाउँपालिका वडा नम्बर ७ का पूर्ववडाध्यक्ष पिमलाल वली साेही वडाका काँग्रेसका कार्यकर्ता दिलिप बस्नेतबाट कुटिएका हुन्।

वडा कार्यालयले बाेलाएकाे सर्वदलीय बैठकमा गएका वलीलाई बस्नेतले निर्घात कुटपिट गरेकाे माओवादी केन्द्र शान्तनगर गाउँपालिका अध्यक्ष नेवबहादुर राेकाले जानकारी दिएका छन्।

कुटपिटबाट गम्भीर घाइते भएका वलीकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेकाे छ। वलीलाई कुटपिट गर्ने बस्नेतलाई कारबाही गर्न अध्यक्ष राेकाकाेले माग गरेका छन्।

प्रकाशित मिति: : 2023-05-16 14:31:00

प्रतिकृया दिनुहोस्