माओवादी केन्द्रका २० सदस्य टोली चीन प्रस्थान

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरू चीन प्रस्थान गरेका छन्। उनीहरू १० दिने भ्रमणका लागि आज चीनकाे छिन्दु प्रस्थान गरेका हुन्।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चिनको छिन्दुका लागि प्रस्थान गरेको भ्रमण दलका सदष्य जीपी मैनालीले जानकरी दिए।

भ्रमण दलमा माओवादी(केन्द्र)का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख सापकोटासहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह, डिलाराम आाचार्य, प्रदेश अध्यक्षहरुलगायत केन्द्रीय नेताहरु रहेको मैनालीले बताए। यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो।

प्रकाशित मिति: : 2023-05-19 11:32:00

प्रतिकृया दिनुहोस्