टोपबहादुरको गृह जिल्लामा आन्दोलन: हाम्रो जनप्रतिनिधि चुकेको छ, लाजले शिर झुकेको छ

तस्बिर: श्याम घिमिरे

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौँ ठगी गरेको आरोपमा पक्राउ परेका एमाले सचिव (निलम्बित) एवम् पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको गृह जिल्लामा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको छ।

नेपाली काँग्रेसनिकट विभिन्न भातृ संगठनहरुले शुक्रबार बिहान जिल्ला सदरमुकाम सन्धिखर्कमा विरोध प्रर्दशन गरेका हुन्। प्रदर्शनमा काँग्रेस नेता/कार्यकर्ताको उल्लेखय सहभागीता रहेको थियो।

प्रदर्शनका क्रममा उनीहरुले मान्छे बेच्न तिमीलाई कसले सिकायो ?, ठुला माछा छोपिदेऊ जेलभित्र कोचिदेऊ, हाम्रो जनप्रतिनिधि चुकेको छ, लाजले शिर झुकेको छ भन्ने लगायतका नाराहरु लगाइएको थियो।

उनीहरुले भ्रष्टाचारी जोसुकै भए पनि छोड्न नहुने बताएका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रमुख योजनाकार टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, शरशेर मियाँ अर्घाखाँचीका हुन्। उनीहरुले अर्घाखाँचीका धेरै युवाहरुबाट पनि अमेरिका पठाइदिने भन्दै १० देखि ५० लाखसम्म असुलेका थिए।

१६ जना पक्राउ पर्दा २ जना भागे, थप ‘हाई प्रोफाइल’सम्म पुग्न सकेन प्रहरी

प्रकाशित मिति: : 2023-05-19 13:23:00

प्रतिकृया दिनुहोस्