करकाे दरमा हेरफेर गर्ने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्षमा करकाे दरमा हेरफेर गर्ने घोषणा गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर दरमा हेरफेर गरिने घोषणा गरे।

विद्यमान कर प्रणालीमा पुनरवलोकन गर्ने उनको भनाइ छ। राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने भन्दै उनले राजश्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गर्ने बताए।

प्रकाशित मिति: : 2023-05-19 16:55:00

प्रतिकृया दिनुहोस्