धेरै खपत गर्ने ग्राहकलाई नि:शुल्क विद्युत दिने सरकारको घोषणा 

सरकारले धेरै विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आ.व. २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरे।

उनले भने,‘वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिट विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क विद्युत उपलब्ध गराइने छ।’

यस्तै पौडेलले खाना पकाउने ग्यासलाई विद्युतबाट विस्थापन गरिने बताए।

प्रकाशित मिति: : 2023-05-19 17:11:00

प्रतिकृया दिनुहोस्