आजपानिकट दलित मोर्चाको ५१ सदस्यीय केन्द्रीय कमिटी विस्तार

आम जनता पार्टी (आजपा) निकट आम दलित मोर्चाको केन्द्रीय कमिटी विस्तार गरिएको छ। चन्देश्वर बैठाको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको छ।

शनिबार मोर्चाको बसेको बैठकले उपाध्यक्षद्धयमा शर्मिला राम, रामनाथ माझी, महासचिवमा निखिल पासवान, सचिवमा रामाशंकर पासवान रहेका छन्।

सदस्यमा ठागा दास, प्रमिला दास, राजेश रविदास, विजय राम, श्रीराम महरा, सोन्फी पासवान, अरुण पासवान, सोनेलाल राम, रामभरोस राम, सागर विक, रमेश नेपाली, राजकुमार सूचिकार, रामबहादुर नेपाली, सोनु सुनाले, निरज कुमार रञ्जन रहेका छन्।

यसैगरी संजिप नेपाली, चिनीलाल दास, रामबहादुर परियार, संजय राम, महेश्वर महरा, सुनिता राम, रामपुकार महरा, सनितादेवी राम, अञ्जन विक, राजकुमार हजरा, रुपलाल राम, कुसकुमार पासवान, प्रदुमन बैठा, गणेश राम, सूर्यनारायण राम, अंकित कुमार पासवान रहेका छन्।

सदस्यमा रामबहादुर दास, गिर्जालाल हजरा, निशान्त पासवान, रामपुकार पासवान, ललन पासवान, उमेश दास, दिपक पासवान, गोपाल बिक, गोविन्द राम, सुनिता नेपाली, उपेन्द्र पासवान, देवनारायण बैठा, यमकुमारी बिक, प्रमोद पासवान, रामजनम पासवानलगायतका रहेको अध्यक्ष चन्देश्वर बैठाले जनाएका छन्।

आम जनता पार्टीको हालै बसेको पदाधिकारी बैठकले पार्टी निकटका विभिन्न भातृसंगठन एवं जनवर्गिय संगठनहरुलाई गठन गरेर पूर्णता दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आजपा निकटका संगठनहरुलाई पूर्णता दिने काम भइरहेको आजपा प्रवक्ता चन्द्रभुषण साहले बताए।

प्रकाशित मिति: : 2023-05-20 15:20:00

प्रतिकृया दिनुहोस्