सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बिएल संवाददाता

सुदुरपश्चिम

सुदुरपश्चिम प्रदेशका नवनियक्त प्रधानमन्त्री तथा राज्यमन्त्रीले शपथ लिएका छन्।

शनिबार मन्त्रीहरु पृथ्वीबहादुर सिंह, झपट साउद र रमेश धामीलाई प्रदेश प्रमुख देवराज जोशीले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन्। र राज्यमन्त्री गीतादेवी माललाई भने मुख्यमन्त्री कमल बहादुरले शपथ गराएका हुन्।

नेपाली कांग्रेस पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने माओवादी केन्द्रका झपट साउदले सामाजिक विकास मन्त्रालय र रमेश धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् र गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन्।


 

प्रकाशित मिति: : 2023-05-20 17:11:00

प्रतिकृया दिनुहोस्