अध्यक्ष ओलीले आज सदनमा सम्बोधन गर्दै

सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज टिप्पणी गर्ने भएका छन्। सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको ओलीको सचिवालयले जानकारी दिएको हो।

नेकपा (एमाले)का अध्यक्ष समेत रहेका ओलीले जेठ ४ गते नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएका थिए। गत वैशाख २८ गतेबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकको सुरूमै बोल्दै उनले अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए।

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने बताएका छन्। ओलीले आफ्ना सांसद्हरुलाई पनि सरकारको नीति तथा कार्यक्रमको विरोध गर्न निर्देशन दिइसकेका छन्। 

प्रकाशित मिति: : 2023-05-21 07:56:00

प्रतिकृया दिनुहोस्