नेपाल र बंगलादेश भिड्दै

एनएससी–काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपाल आफ्नो दोस्रो खेलमा आज मंगलबार बंगलादेशसँग भिड्दैछ।

नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। नेपालले आज लगातार दोस्रो जित निकाल्ने तयारीमा जुटेकाे छ। बंगलादेशले पहिलो खेलमा भारतसँग पराजित भएको थियो। 

समूह 'ए' मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन्। समूह 'बी' मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन्।

यस्तै, समूह बी अन्तर्गत श्रीलंका र काजकस्तानबीचको खेल साढे १२ बजे तथा उज्वेकिस्तान र माल्दिभ्सबीचको खेल साढे ६ बजे सुरु हुनेछ। काजस्तानले पहिलो खेलमा माल्दिभ्सलाई हराउँदा उज्वेकिस्तानले श्रीलंकालाई पराजित गरेको थियो। यदि काजखस्तान र उज्वेकिस्तान आज पनि विजयी भए समूहको अन्तिम खेल अघि नै सेमिफाइनल पुग्नेछन्।

प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानले सहभागिता देखाएका छन्। 

प्रकाशित मिति: : 2023-05-23 07:34:00

प्रतिकृया दिनुहोस्