गोकुल बाँस्कोटाकाे प्रश्न- शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन हालसम्मका सरकारले के-के गरे ? 

नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले सत्तापक्षले यसलाई गहनतापूर्वक लिनुपर्नेमा आरोप-प्रत्यारोप र विपक्षीलाई तेजोबध गर्न उत्रिएकामा चिन्ता व्यक्त गरे।

सांसद बाँस्कोटाले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन हालसम्मका सरकारले के-के गरे ? के एमाले बाधक हो? भन्दै प्रश्न गरे। यस्तै उनले यसवर्ष किसानले मल पाउन लाइन लाग्न नपरोस् भन्ने आग्रह गरे।
 

प्रकाशित मिति: : 2023-05-23 12:55:00

प्रतिकृया दिनुहोस्