मन्त्रिपरिषद्ले पायो पूर्णता, मन्त्री र राज्यमन्त्री नियुक्ति

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोकेसँगै मन्त्रिपरिषदले पूर्णता पाएकाे हाे।

राष्ट्रपति पौडेलले वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरी कार्यभार तोकेका हुन्।

नवनियुक्त मन्त्री वीरेन्द्र र प्रमिला दुबै जनता समाजवादी पार्टी (जसपा)का हुन्।

प्रकाशित मिति: : 2023-05-23 14:39:00

प्रतिकृया दिनुहोस्