मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी

नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएकाे छ।

मंगलबार बसकाे माओवादी संसदीय दलको बैठकले जनता समाजवादी पार्टी नेतृत्वको प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हाे।

दलका नेता भरत कुमार साहका अनुसार माओवादीबाट मधेश प्रदेश सरकार सहभागी एक मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएको हाे।

मुख्यमन्त्री सरोजकुमार यादव गठबन्धनमा भएको सहमतिअनुसार नचलेको भन्दै आफ्नो पार्टी सरकारबाट बाहिरिने निर्णय गरेकाे एक नेताले बताए। उनले मुख्यमन्त्रीले आफूखुसी मन्त्रिपरिषद पुनर्गठन गरेपछि माओवादी सरकारबाट बाहिरिएको जानकारी दिए।

मुख्यमन्त्री यादवले आजै कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन्।

प्रकाशित मिति: : 2023-05-23 14:52:00

प्रतिकृया दिनुहोस्