काभा वुमन्स च्यालेन्ज कप: बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

एनएससी–काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले बंगालदेशलाई पराजित गर्दै एक खेलअघि नै सेमिफाइनलमा पुगेको छ। 

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको खेलमा नेपालले बंगालदेशलाई ३–० को सोझो सेटमा पराजित गरेर सेमिफाइनलमा आफनो स्थान पक्का गरेको हो। पहिलो सेटमा २५ ५–१० ले जितेको नेपालले दोस्रो सेट २५–८ र तेस्रो सेट २५–९ को जित निकाल्दै बंगालदेशमाथि सहज जित निकालेको हो।

यता, आजै भएको पहिलो खेलमा भारतले कीर्गिस्तानलाई पराजित गरेको हो। भारत लगातार दोस्रो खेलमा विजयी भएको हो। भारतले कीर्गिस्तानलाई ३–०  सोझो सेटमा पराजित गरेको हो।

भारतले कीर्गिस्तानलाई पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–८ र तेस्रो सेटमा २५–८ अङ्कले हराएको हो। कीर्गिस्तानको यो दोस्रो पराजय हो। यसअघि सोमबार सम्पन्न पहिलो खेलमा कीर्गिस्तान नेपालसँग पराजित भएको थियो।

त्यस्तै, आज भएको समूह बी को पहिलो खेलमा काजकिस्तानले श्रीलंकामाथि ३–१ जित निकालेको छ।  काजकिस्तानले श्रीलंकामाथि २५–१६, २८–२६ ,२५–१८, २९–२७ को सर्घषपूर्ण जित निकाल्यो।

लगातार दोस्रो जित निकालेका नेपाल र भारतले समान ६ अंक जोड्दै सेमिफाइनल पुगेका हुन्। 
 

प्रकाशित मिति: : 2023-05-23 16:36:00

प्रतिकृया दिनुहोस्