न्युयोर्कका मेयर भन्छन्, 'नेपालीले न्युयोर्कलाई मो:मो दिए'

न्युयोर्क सिटीका मेयर एरिक आडम्सले नेपाली समुदायसँग नेपाल डे र गणतन्त्र नेपालको स्थापना दिवस मनाउन पाउनु गौरवको कुरा भएको बताएका छन्।

न्युयोर्कमा मे २१मा आयोजित नेपाल डे परेडमा सहभागी हुँदै उनले यस्तो धारणा राखेका हुन्। उनले नेपाली समुदायले न्युयोर्कमा धेरै योगदान दिनसक्ने बताउँदै  यो समुदायसँग सहकार्य गर्न आफू सदैव इच्छुक रहेको बताए।

मेयर एडम्सले नेपाली समुदायका तर्फबाट न्युयोर्क सहरलाई  सांस्कृतिक रूपमा समृद्ध बनाउन योगदान गरेकोमा धन्यवाद पनि दिए।

उनले  नेपाली मो:मोको प्रशंसा गर्दै न्युयोर्कले मो:मोलाई लोकप्रिय खानाका रूपमा स्विकार गरेर नेपाल र नेपालीलाई सम्मान गरेको बताए।

अमेरिकाको न्युयोर्क सहरमा सन् २०१६ देखि हरेक वर्ष मेमा नेपाल डे परेड आयोजना हुँदैआएको छ।  यस वर्ष पनि आइतबार  न्युयोर्क म्यानहटनमा नेपाल डे परेड आयोजना गरिएको थियो। ३८ स्ट्रीट र म्याडिसन एभिन्युबाट सुरु भएको परेड म्याडिसन एभिन्युको २४ स्ट्रीटमा पुगेर सभामा परिणत भएको थियो। परेडमा  न्युयोर्कका नेपाली सहभागी  थिए।

प्रकाशित मिति: : 2023-05-23 23:42:00

प्रतिकृया दिनुहोस्