रवि लामिछानेले किन 'मोदीका भाइ'लाई काठमाण्डाैँमा सुटुक्क भेटे?

सामाजिक सञ्जाल

विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद दामोदर मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गोप्य भेट गरेका छन्। उक्त भेट केही साताअघि काठमाडौंमा भएको उच्च स्रोतले बताएको छ।

मोदी पाँच दिने भ्रमणमा आएका थिए। सरकारी निकायले जानकारी नदिएको उक्त भ्रमणको क्रममा प्रह्लाद पोखरा पुगेको बताइन्छ। जेठ १ गते पोखराबाट फर्केर उनी २ गते नयाँ दिल्ली गएका थिए।  

गत पुसमा उपप्रधानसहित गृहमन्त्री बनेपछि लामिछानेले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई मन्त्रीस्तरीय निर्णयबाट राजनीतिक नेतृत्व, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग व्यक्तिगत भेटमा रोक लगाएका थिए।

लामिछानेले तोकिएका अधिकारीसँग स्वीकृति लिँदै विषयवस्तुको पूर्वजानकारी गराएर मात्र भेटघाट गर्न कडा निर्देशन जारी गरेका थिए। तर अहिले आफैँले विदेशीसँग गोप्य भेट गर्नुलाई धेरैले अर्थपूर्ण र दोहोरो मापदण्ड भनेका छन्।

प्रकाशित मिति: : 2023-05-24 06:43:00

प्रतिकृया दिनुहोस्