काभा वुमन्स च्यालेन्ज कप: सेमिफाइनलमा नेपाल आज काजकिस्तानसँग भिड्दै

राजधानीमा जारी एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको सेमिफाइन अन्तर्गत नेपाल आज काजकिस्तानसँग भिड्दैँछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साझ ५ बजेबाट नेपाल र काजकिस्तानबीच खेल हुनेछ।

आज दुई देशबीच पहिलो पटक प्रतिस्पर्धा हुँदैछ। नेपाल बुधबार भारतसँग ३–१ को सेटमा पराजित हुँदै समूह उपविजेताको रूपमा अन्तिम चरमा पुगेको थियाे। यता, आज हुने पहिलो सेमिफाइनल खेल भारत र उज्वेकिस्तानबीच दिउँसो साढे दुई बजे हुँदैछ।

प्रकाशित मिति: : 2023-05-26 09:00:00

प्रतिकृया दिनुहोस्