कांग्रेस प्रचार विभागको प्रमुखमा विश्वकर्मा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले आज उनलाई पार्टीको विधानबमोजिम उक्त विभागको प्रमुखमा मनोनयन गर्नुभएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति: : 2023-05-26 15:29:00

प्रतिकृया दिनुहोस्