संसदीय सुनुवाइ समिति गठन, कुन दलबाट काे–को ?

संसदीय सुनुवाइ समिति गठन भएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित गरेको हाे। जसअन्तर्गत नेकपा (एमाले)बाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम सदस्य रहेका छन्।

त्यसैगरी नेपाली कांग्रेसबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य छन्।

संसदीय सुनुवाई समितिमा रहने सांसदहरूको नामावलीमाथि प्रतिनिधिसभाको आजको बैठकले बहुमतले सहमति जनाएको हो।

आजै बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८०’ पारित गरेको थियो। सोही नियमावलीको व्यवस्थाअनुसार संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाई समितिमा सांसदहरू मनोनित भएका हुन्।

प्रकाशित मिति: : 2023-05-28 15:29:00

प्रतिकृया दिनुहोस्