सरकारले अलपत्र गौतमबुद्ध अन्तराष्ट्रि क्रिकेट रंगशालालाई छुट्याएन बजेट

File Photo
File Photo

चितवनमा अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारको प्राथमिकतामा परेको छैन।

आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त क्रिकेट रंगशालाको नामसमेत लिएनन्।

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बजेट अभावमा अलपत्र परेको छ। सरकारले क्रिकेट रंगशालाको निर्माणको जिम्मा लिएको भएपनि नयाँ बजेटले छुन सकेन।

बरु काठमाडौंमा रहेको त्रिवि खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गरिने अर्थमन्त्री महतले बताए।

प्रकाशित मिति: : 2023-05-29 18:15:00

प्रतिकृया दिनुहोस्