नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध एमालेले संसद बैठक अवरुद्ध गर्ने

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक रद्द नगरेसम्म प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको हाे।

एमालेले संसदलाई छलेर राष्ट्रपतिबाट गैरसंवैधानिक कार्य भएको भन्दै  संसद चल्न नदिने चेतावनी दिएकाे छ।

त्यसैगरी  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहीतविपरीत अभिव्यक्ति दिएको भन्दै संसदमा जवाफ माग्ने गरेकाे छ।

प्रकाशित मिति: : 2023-06-04 11:56:00

प्रतिकृया दिनुहोस्