युक्रेनसँग ‘सिधै’ वार्ता गर्ने रुसको प्रस्ताव

रुसले बिना कुनै राष्ट्रको मध्यस्थता सिधै युक्रेनसँग वार्ता गर्न सकिने सन्देश दिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस्तो वार्ता बिनाकुनै पूर्वशर्त र कसैको मध्यस्थता पनि नहुने बताएका छन्। 

उनले ढिला नगरीकसै रुस यस्तो वार्ताका लागि तयार रहेको र कम्तीमा आगामी मे १५ भित्र वार्ता भइसक्नुपर्ने बताएका छन्।  

‘द्वन्द्वका कारणहरू समाधान गर्न र बलियो दीगो शान्तिका लागि अघि बढ्नका लागि हामी गम्भिर वार्ताको पर्खाईमा छौं’ पुटिनले एउटा टेलिभिजन सम्बोधनमा भनेका छन्।

यसअघि बेलायती प्रधानमन्त्री केअर स्टार्मर, फ्रान्सका राष्ट्रपछि एमानुएल म्याक्रोसहित युक्रेन पुगेका युरोपेली शीर्ष नेताहरूको रुसलाई निशर्त ३० दिनका लागि युद्धबिराम गर्न अपिल गरेका थिए। 
 
त्यसपछि पुटिनले त्यसका लागि आफूहरू तयार रहेको भन्दै सिधै युक्रेनसँग वार्ता गर्ने सन्देश पठाएका हुन्। उनले त्यो वार्ताका लागि टर्कीको इस्तानबुलमा हुनसक्ने प्रस्ताव पनि पठाएका छन्। यद्यपि यसबारेमा युक्रेनले कुनै जवाफ दिएको छैन। 

यसअघि अमेरिकालगायत थुप्रै राष्ट्रहरूले रुस-युक्रेनको युद्ध बिरामका लागि पटक पटक प्रयासहरू गरिसकेका छन्। अमेरिकाले दुबैसँग कैयौ चरणको वार्ता गरिसकेको थियो। 

तर युद्धबिरामका लागि गम्भिर नभएको भन्दै पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसका राष्ट्रपति पुटिनसँग रिसाएका थिए। 
 

प्रकाशित मिति: : 2025-05-11 09:42:00

प्रतिकृया दिनुहोस्