पल र सनिशाकाे अभिनय रहेकाे विष्णु खत्रीकाे ‘लुम्बिनी’ सार्वजनिक

चर्चित गायक तथा संगीतकार विष्णु खत्रीले आफ्नो नयाँ साङ्गितिक प्रस्तुति लिएर पुनः दर्शकमाझ आएका छन।

‘लुम्बिनी’ शीर्षकको एल्बम खत्रीले सोमबार सार्वजनिक गरेका हुन्। उक्त एल्बममा शब्द, सङ्गीत र आवाज उनैको रहेको छ भने महिला गायिकामा अन्नु चौधरी रहेकी छन।

उक्त एल्बममा पल शाह र सनिशा भट्टराईको जोडीको अभिनय रहेको छ। उक्त जोडीलाई दर्शकले अत्यन्तै रुचाइरहेका छन। काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफीमा उक्त जोडीलाई पुनः दर्शकमाझ ल्याउने काम खत्रीले गरेका छन। ‘Bishnu Khatri’ नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको उक्त गीतले दर्शकको माया पाइरहेको छ। गीत युट्युब च्यानलमा सार्वजनिक गरिएको २ दिनमै चार लाख बढीले हेरेका छन्।

गीतलाई आफ्ना पुराना गीतहरुजस्तै धेरै माया गरिदिन आफ्ना शुभचिन्तक, आफन्तजन सम्पूर्ण दर्शकहरुमा गायक खत्रीले अनुरोध गरेका छन। खत्रीले आफ्नो नयाँ गीत अत्यन्तै राम्रो बनेको जनाउँदै गीतलाई उत्कृष्ट बनाउन अथाह मिहेनत गरेको बताए।

बिगत २५ वर्षदेखि लोकदोहोरीको क्षेत्रमा क्रियाशील खत्रीका प्राय: सबै सिर्जनाहरु सन्देशमुलक हुने गरेका छन।

भिडियाे :

प्रकाशित मिति: : 2023-06-07 19:01:00

प्रतिकृया दिनुहोस्