घरजग्गा कारोबारमा कर छलेको रकम वैध बनाउने प्रपञ्च

अनलाइनखबर

विजय पराजुली

सरकारले घरजग्गा र सेयरबाट आर्जन गरेको स्रोत नखुलेको आम्दानीलाई वैध बनाउन बजेटमार्फत बाटो खोलिदिएको छ । आर्थिक विधेयक २०८०/८१ ले घरजग्गा र सेयर कारोबार गर्ने व्यक्तिलाई कर तिर्न बाँकी रहेको भए पछिल्लो ३ आर्थिक वर्षको कारोबारको स्वघोषणा गरेर ५० प्रतिशत मात्र कर तिर्न पाउने सुविधा दिएको छ । सरकारले बजेटमार्फत म्यानपावर व्यवसायीलाई पनि यस्तै स्वघोषणा गरेर कालोधनलाई वैध बनाउने बाटो खुल्ला गरिदिएको छ ।

आर्थिक विधेयकको बुँदा नम्बर २९ मा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्था समावेश छ ।  त्यसमा भनिएको छ, ‘प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम संवत् २०८० साल चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ ।

प्रकाशित मिति: : 2023-06-08 21:51:00

प्रतिकृया दिनुहोस्