सरकारका वकिल भन्छन् : करिब १ खर्ब रुपैयाँ जोगियो

अनलाइनखबर

जनार्दन बराल

विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ ।

एनसेल र उसको मातृ कम्पनी आजियाटा इन्भेष्टमेन्ट (युके)ले नेपालको सर्वोच्च अदालतले गरेको पुँजीगत लाभकर सम्बन्धी फैसला तथा नेपाल सरकारका विरुद्धमा चार वर्षअघि २० मे २०१९ मा आईसीएसआईडीमा मध्यस्थताका लागि निवेदन दिएका थिए । यो निवेदनपछि विश्वबैंकको आईसीएसआईडीले गठन गरेको मध्यस्थता परिषद्ले शुक्रवार (९ जुन २०२३) का दिन सो निवदेनमा सरकारका पक्षमा फैसला गरेको हो ।

प्रकाशित मिति: : 2023-06-10 16:16:00

प्रतिकृया दिनुहोस्