विदेशबाट फर्केका नेपालीहरूको सञ्जाल

रातोपाटी

सुरेन्द्र नेपाल श्रेष्ठ

विदेशबाट फर्केका नेपालीहरू पनि सङ्गठित हुन थालेका छन् । नेकपा एमाले रिटर्नी फेडेरेसन नेपाल नामक छुट्टै जनवर्गीय सङ्गठन निर्माण गरी राष्ट्रिय सम्मेलन गर्याे । माओवादी केन्द्रले यही जेठ २६ गते रिटर्नी सेन्टर नेपालको पहिलो राष्ट्रिय भेलाको आयोजना गर्दै छ । जेठको पहिलो हप्ता सम्पन्न स्थायी समितिको निर्णय अनुसार अब यो सेन्टर माओवादी पार्टीको चौबिसौँ जनसङ्गठन बन्नेछ । यो भेलाको पूर्ण सफलताको शुभकामनासहित यस विषयमा मेरा केही अनुभव प्रस्तुत गरेको छु । 

गैरआवासीय नेपाली सङ्गठित हुन थालेपछि नेपालमा लगानी गर्ने विषयले सबैभन्दा बढी महत्त्व पायो । हुनेखाने केही व्यक्ति तथा ससाना समूहमा विविध क्षेत्रमा लगानी सुरु पनि भए । सङ्गठन निर्माण भएसँगै यसको चहलपहल बढ्दै गयो । विस्तारै यसप्रति देशबाहिर र भित्र बस्नेहरूको आकर्षण बढ्दै गयो । सङ्गठन विस्तार र विकासको साथसाथै यसको नेतृत्व प्राप्त गर्ने होडले त झन् द्रुत गति लिन थाल्यो । यही गतिलाई अन्ततः धेरैले नेपालमा आर्थिक वर्चस्व देखाउने माध्यम बनाउन थालियो । पैसा भएका सुकिलामुकिलाहरूले नेपालका घरानियाँसँग प्रतिस्पर्धा गर्न खोजेको आरोप लाग्न थाल्यो । हामीले सोचेका सामूहिक लगानीका कुरालाई खासै व्यावहारिक रूपमा प्रयोग गर्ने प्रयास पर्याप्त रूपमा भएनन् । 

प्रकाशित मिति: : 2023-06-17 05:50:00

प्रतिकृया दिनुहोस्