साफ च्याम्पियनसिप आजबाट, बिना तयारी मैदानमा उत्रिँदै नेपाल

Photo : ANFA
Photo : ANFA

आजबाट भारतको बैंगलोरमा १४औँ संस्करणको पुरुष साफ च्याम्पनसिप सुरु हुँदैछ। साफ च्याम्पनसिपको उद्घाटन खेलमा नेपाल र कुवेत तथा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल र कुवेतबीचकाे प्रतिस्पर्धा नेपाली समयअनुसार दिउँसाे पाैने ४ बाट सुरु हुँदैछ।

यसपटक साफ च्याम्पनसिपमा कुल ८ टोलीले प्रतिस्पर्धा गर्दैछन्, जसमा दुई आमन्त्रित टोली कुवेत र लेबनान पनि भिड्दै छन्। नेपालसहित समूह ए'मा भारत, पाकिस्तान र कुवेत छन्। भने, समूह बि'मा भुटान, बङ्गलादेश, लेबनान र माल्दिभ्स रहेका छन्। नेपालले पहिलो खेल आज कुवेतसँग खेल्दैछ भने दोस्रो खेल असार ९ गते भारत तथा तेस्रो खेल असार १२ गते पाकिस्तानसँग खेल्नेछ।

भारत र कुवेत नेपालका बलिया प्रतिद्वन्द्वी हुन्। अघिल्लो संस्करण्को साफ च्याम्पनसिपमा नेपाल भारतसँग पराजित भएर च्याम्पनसिप बन्नबाट चुकेकाे थियाे। नेपाली पुरुष राष्ट्रिय टोली फुटबलको हालसम्मको सबैभन्दा ठुलो उपलब्धी नै साफकाे फाइनलसम्म पुग्नु हाे। यसपटक पनि नेपाल च्याम्पियन बन्न चाहन्छ। तर, त्यसकाे लागि नेपालले जुन किसिमले तयारी गर्नु पर्ने थियाे त्याे भने देखिँदैन्।

इतिहासमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपनि भारत तगारो बन्दा च्याम्पियन बन्नबाट चुकेका उदाहरणहरु छन्। त्यसमाथि यसपटक प्रशिक्षणको समय नपाएका कारण नेपालको लागि साफ च्याम्पनसिप झन चुनौतीपूर्ण बनकाे छ। यसपटक नेपाललाई विगतकाे साख जाेगाउ नै कठिन हुने देखिन्छ।

घरेलु मैदानमा भएको ए डिभिजन लिगपछि नेपाली राष्ट्रिय फुटबल टोलीले साफका लागि भनेर जम्म तीन दिन मात्रै प्रशिक्षण गरेकाे थियाे। तीन दिनको प्रशिक्षणपश्चात टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्याे। जहाँ नेपाल पराजित भयाे। यद्यपि, साफमा अन्य टाेलीले भने राम्राे तयारी गरेकाे देखिन्छ।

आज नेपालले प्रतिस्पर्धा गर्न लागेकाे कुवेत नेपालभन्दा बलियाे सावित हुँदै आइरहेकाे छ। फिफा वरियतामा पनि कुवेत १४३औँ स्थानमा छ भने नेपाल १७४औँ स्थानमा छ। हालसम्म नेपाल कुवेतसँग ९ खेल खेलेकाे छ, जसमा नेपाल ८ खेलमा पराजित भएकाे छ भने १ खेल जितेकाे छ।

त्यस्तै भारत नेपालको सधैँ तगारो बन्दै आइरहेको छ। यसपटक भारत अझै कडा रुपमा मैदानमा उत्रिने निश्चित छ। उता, एउटै समूहमा रहेको पाकिस्तानले पनि विदेशी खेलाडी अनुबन्धित गरेर एउटा बलियो टोली खडा गरेको छ। यस हिसाबले यसपटक नेपालका लागि साफ च्याम्पनसिप निकै चुनाैतिपूर्ण बन्ने देखिन्छ।

यसपटक दुई नयाँ टाेली पनि सहभागी हुने भएकाेले नेपालले थप मिहेनतका साथ तयारी गर्नु पर्ने थियाे तर यसपट त्यस्ताे हुन सकेन। नेपालले राम्राेसँग सिक्ने र रणनीति बनाउने समयसमेत निकाल्न सकेन। घरेलु मैदानमा ए डिभिजन लिग चलिरहेका कारण नेपाली खेलाडीहरु व्यस्त भए। नेपाली राष्ट्रिय फुटबल टोलीको एउटै सपना साफ च्याम्पियन बन्न हाे। तर, अघिल्लाे पटक फाइनलसम्म पुगेकाे नेपाल यसपटक फाइनल पुग्न पनि कठिन हुने देखिन्छ।

विगतको संस्करणमा साफ खेलेका अधिकांश राम्रा खेलाडीहरु अहिले विदेश पलायन भएका छन्। त्यसैले पनि नेपाललाई थप कठिन हुने देखिन्छ।

यस्ताे छ साफ खेल्ने नेपाली टाेली :

गोलकिपर: किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, सुदीप गुरुङ, लाकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जीलेस्पी जंग कार्की, दिनेश हेञ्जन

प्रकाशित मिति: : 2023-06-21 09:15:00

प्रतिकृया दिनुहोस्