पोखरामा आज मुख्यमन्त्रीहरूको भेला

फाइल तस्बिर
फाइल तस्बिर

गण्डकी प्रदेश सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला पोखरामा हुँदैछ।

भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिएका छन्।

मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तक्र्रिया हुने उनले बताएका छन्। भेलामा अन्तरप्रदेशबीचको अनुभव आदान–प्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ। 

यसअघि मुख्यमन्त्रीको भेला गत जेठ १० गते गर्ने तय भए पनि प्रधानमन्त्री दाहालको व्यस्तताका कारण स्थगित भएको थियो।

भेला दोस्रोपटक गर्न लागिएको हो। पहिलोपटक २०७५ भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा भेला भई आठ बुँदे घोषणापत्रसमेत जारी गरिएको थियो।

प्रकाशित मिति: : 2023-06-30 10:24:00

प्रतिकृया दिनुहोस्