गायक तथा अभिनेता आमेष भण्डारीले गायिका समीक्षा अधिकारीसँग बिहे गर्न तयार रहेको बताएका छन्। शनिबार राति एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भण्डारीले समीक्षा एकदमै ‘स्ट्रोङ लेडी’ भएको र उनीसँग बिहे गर्न पाए आफूलाई एकदमै भाग्यमानी ठान्ने बताएका हुन्।
‘समीक्षा एकदमै स्ट्रोङ लेडी हो। उसले धेरै प्रगति गर्छ जस्तो लाग्छ मलाई, ऊ भोलिको समयमा जोसँगै भएता पनि उसको लाइफमा जो आए पनि एकदम लक्की हुन्छ जस्तो लाग्छ मलाई। आई डोन्ट नो म लक्की मान्छे हो कि होइन्,’ उनले भने। उनले समीक्षाको परिवारबाट प्रस्ताव आए बिहे गर्न तयार रहेको बताए।
भण्डारीले समीक्षासँग विगतमा स्टुडियोहरुमा गीत रेर्कड गर्ने क्रममा चिनजान भएको र पछिल्ला समय समीक्षा समस्यामा परकाे बेलादेखि अझै बढी कुराकानी भएको बताएका छन्। उनले समीक्षासँग अष्ट्रेलियामा सँगै घुमेको र कार्यक्रमहरुमा सहभागी भएको स्वीकार गरे।
त्यसअघि उनीहरुले सँगै बनाएका टिकटक भिडियोहरु पनि सार्वजनिक गरेका थिए।
करिब ६ महिना अष्ट्रेलियामा बसेर नेपाल आएका भण्डारीले नेपाल फर्किएपछि समीक्षासँग भेट भएको उल्लेख गरेका छन्।
काठमाडौँको सोह्रखुट्टे घर भएका भण्डारीले केही चलचित्रमा अभिनाय गरेका छन्। भने, गीत–संगीतमा पनि सक्रिय छन्। उनले आफ्नै शब्द, संगीत र स्वरमा धेरै गीत बजारमा ल्याएका छन्।
यसअघि उनी अभिनेत्री निता ढुङ्गानासँग प्रेममा थिए। नितासँग छुट्टिएपछि डिप्रेसनमा गएको र त्यसपछि ओशो आश्रम तपवन गएर ध्यान गरेको बताएका छन्।
निताको ज्योतिष हरिहर अधिकारसँग बिहे भइसकेको छ।