बालेनले भने– प्रधानमन्त्रीज्यूले छूट पाउनुभयो, म अपराधी भएँ

काठमाडाैँ महानगरका मेयर बालेन साहले सर्वोच्च अदालतको तारेख बुझ्दै आफू आजबाट अपराधी भएकाे गुनासाे गरेका छन्।

सर्वोच्चले दिएको तारेखपत्र सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै उनले भारतीय थिचाेमिचाेकाे विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको पनि उल्लेख गरेका छन्। 

‘आज एउटा विशेष दिन, आजबाट म तारेखमा छु,’ उनले लेखेका छन्, ‘भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो। भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा म आजबाट अपराधी।’

प्रकाशित मिति: : 2023-07-09 19:27:00

प्रतिकृया दिनुहोस्