बाटो कटे मनाङ झलल, झरे मर्स्याङ्दीमा सलल

घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक। तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्यो भन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी। माथि उस्तै अजङ्गको चट्टानी पहरो। यो अवस्था हिमालपारीको जिल्ला मनाङ जाने सडकको हो।

मनाङ जाने सडकमा पहिरो।

उतिबेला अहिले जस्तो डोजर र एक्स्काभेटर चलाएर सडक बनाइँदैनथ्यो। साँघुरो कच्ची सडक, हरेक पटक जोखिम मोल्नुपर्ने अवस्था। ठाउँ ठाउँमा बगेको पहिराका कारण थप जोखिमपूर्ण यात्रा। अहिले वर्षाको समयमा यही जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्रु यात्रा गर्न बाध्य छन्। यही सडक भएर दैनिक दर्जनौँ सवारीसाधन लमजुङ मनाङ आवतजावत गर्दछन्।

प्रकाशित मिति: : 2023-07-12 06:44:00

प्रतिकृया दिनुहोस्