‘नेटो विश्वव्यापी सुरक्षाका निम्ति होइन’

नारीवादी सङ्गठन कोड पिङ्कले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) विश्वव्यापी सुरक्षाको लागि नभएको आरोप लगाएको छ ।

नेटो अमेरिकी साम्राज्यको तर्फबाट युद्धलाई उत्प्रेरित गर्ने संस्था भएको एक ब्लग पोस्टमा उसले उल्लेख गरेको छ।

इतिहासको यो नाजुक क्षणमा नेटोले विश्वलाई अझ ठूलो सैन्यीकरण तर्फ धकेलेको, पृथ्वीको भविष्य र पारिस्थितिकीय प्रणालीलाई ध्वस्त पारेको, डढेलो र बाढीले बढाएको जलवायु संकटको जोखिम घटाउनुको सट्टा हातहतियारमा गरिएको लगानीले नेटोको कार्यक्षेत्र विश्वशाान्ति एवम् समृद्धि नभएर फगत युद्ध भएको टिप्पणी गरिएको छ।

नेटोले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्वीकृति बिना सन् १९९९ मा युगोस्लाभियामा आक्रमण गरेको, अफगानिस्तानमा २० वर्षको युद्ध छेडेर त्यहाँ तहसनहस पारेको र सन् २०११ मा अवैध रूपमा लिबियाको सरकारलाई ध्वस्त पारेको ब्लगमा लेखिएको छ।

‘रूससँगको वर्तमान युद्धको अतिरिक्त नेटोले चीनको सामना गर्न दक्षिण कोरिया, जापान, अष्ट्रेलिया र न्युजील्याण्डसँग उत्तेजक एशिया–प्रशान्त सैन्य गठबन्धन निर्माण गरेको तथा राष्ट्रसङ्घीय बडापत्र विपरीत आणविक हतियारको प्रवर्द्धन लाई भित्रभित्रै प्रोत्साहन गरेको आरोप ब्लगमा लगाइएको छ। सिन्ह्वा

प्रकाशित मिति: : 2023-07-16 06:28:00

प्रतिकृया दिनुहोस्