बलिउडकी टेलिभिजन अभिनेत्री हुन्, जेनिफर विन्गेट। सन् २००२ बाट टेलिभिजन ‘शाका लाका बुम बुम’ बाट डेब्यू गरेकी उनी टिभीकी चर्चित अभिनेत्रीको लिस्टमा पर्छिन्।
बाल कलाकारबाट अभिनय क्षेत्रमा पाइला राखेकी जेनिफर अहिले आफ्नो रुप र अभिनयको कारण चर्चित छन्। ‘सरस्वती चन्द्र’, ‘बेहद’ र ‘बेपनाह’ जस्ता सिरियलबाट चर्चा बटुल्न थालेकी उनी आफ्नो अफेयरको कारण पनि निकै चर्चितमा छिन्।
आफ्नो सुन्दरताको कारण पुरुषलाई आफ्नो पछि पारेकी उनको सबैभन्दा धेरै चर्चा अभिनेत्री करणसिंह ग्रोबरसँग रह्यो। २०१२ सालमा उनीहरू विवाह बन्धनमा बाँधिएका थिए। तर त्यो विवाह धेरै टिक्न सकेन। उनीहरू दुई वर्षपछि छुट्टिए। उनीहरू इन्डस्ट्रीका ‘क्यूट कपल’ थिए।
खासमा उनीहरूको पहिलो भेट, ‘दिल मिल गया’ को सुटिङमा भएको थियो। त्यहीबाट दुईजना नजिकिन थाले। त्यो समय करण भने विवाहित थिए। तर जेनिफर र करणबीचको नजिकी बढ्दै गयो र श्रीमतीसँग उनको डिर्भोस भयो। त्यसपछि उनको जेनिफरसँग विवाह भयो।
जुन २०१४ सालमै सक्कियो। श्रीमानसँग डिर्भोसपछि उनको चर्चा चुलिन थाल्यो। अहिले करण अभिनेत्री बिपाशा बासुसँग विवाह गरेर खुसी छन् भने जेनिफर आफ्नो काममा व्यस्त छिन्।