नेपालमा हुने टी-२० विश्वकप एसिया छनोटको मिति सार्वजनिक

नेपालमा आयोजना हुने टी-२० विश्वकप एसियाली क्षेत्र प्रतियोगिताको आगामी कार्तिकमा आयोजना हुने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आफ्नो वेवसाइटमार्फत प्रतियोगिता कार्तिक १३ बाट २३ गतेसम्म्म आयोजना हुने जनाएको छ।

अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी-२० विश्वकपका लागि आइसीसीले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको थियो।

एसियाली छनोटमा नेपालसहित ८ राष्ट्रको सहभागीता रहनेछ, जहाँ संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, हङ्कङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन्। अन्य दुई टोलीको भने टुङ्गो लाग्न बाँकी छ।

सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिने छ। हरेक समूहको दुई टोली सेमिफाइनल पुग्नेछ, जहाँ फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा सहभागीता जनाउनेछ।

प्रकाशित मिति: : 2023-07-27 11:21:00

प्रतिकृया दिनुहोस्