संसार झल्काउने केही दृश्यहरू

सबै तस्बिर :रोयटर्स
सबै तस्बिर :रोयटर्स

मौसमको थरिथरि रुप झेलिरहेको पृथ्वी। कतै बाढीको कहर छ, कतै उखरमाउलो गर्मी जहर बन्दैछ। त्यही वर्षाले कतै वितण्डा मच्चाइरहेछ, कतै मसिनो झरी जीवनको नयाँ अनुभव भइदिन्छ।

कतै जंगलभरि आगो दन्किएको छ, कतै हावाहुरीको विध्वंश। विश्वका हर भूगोलमा फरकफरक दृश्यहरू छन्। कतै मान्छेहरू इन्द्रेणीको रंगमा रमाइरहेका छन्, कतै चराहरूसँग भुलिरहेका छन्।

टेक्सास र मेक्सिकोको सिमानामा पहरा दिइरहेका बन्दुकधारी सैनिकहरू छल्न खोज्ने मान्छेहरूको हुल उस्तै छ।

संसारभरि छरिएका रोयटर्सका फोटो पत्रकारहरूले त्यस्तै फरकफरक भूगोलका थरिथरि दृश्य कैद गरेका छन्-

२. ग्रिसको रोड्स टापुको जङ्गलमा लागेको आगो

३. सुडानी शरणार्थी महिलाहरु सयुंक्त राष्ट्र संघीय शरणार्थी उच्च आयोगको चाडस्थित क्याम्पमा

४. नर्वेको लोम नजिकैको जोटुनहेमेन राष्ट्रिय निकुञ्जमा रहेको बोभरब्रेन ग्लेशियर पार गर्दै पदयात्रीहरु

५. इटलीको मिलानमा आएको हावाहुरीले ढालेको रुखलाई व्यवस्थापन गर्दै सर्वसाधारणहरु

६. सन फ्रान्सिस्को, अमेरिकास्थित ट्विटरको मुख्य कार्यालयको लोगो परिवर्तन गर्दै एक श्रमिक

७. अल्बानियाको फेरमा एक सैनिक पानीको फोहराले मुख पखाल्दै

८. गर्मीको मध्यदिनमा घरको छाना मर्मत गर्दै मजदुरहरु टेक्सास, अमेरिकाको एक स्थानमा

९. टेक्सास र मेक्सिको सिमानामा रहेको इगल पासबाट अवैधानिक रुपमा अमेरिका प्रवेश गर्दै मान्छेहरुको हुल

१०. रुसको मस्कोस्थित एक सडकमा अचानक परेको वर्षामा भिज्दै एक महिला

११. फ्रान्सको लोइरोक्सेन्समा लोइरे नदीको शाखाको बालुवाको थुप्रो र पुल

१२. हलिउड अभिनेता केविन स्पेसी यौन उत्पीडनको सबै नौ अभियोगमा सफाई पाएपछि भावुक अवस्थामा लन्डन, ब्रिटेनमा

१३. टेक्सासको इगल पासमा पहरा दिँदै सुरक्षाकर्मी र पल्लो छेउमा अमेरिका प्रवेश गर्न दाउ छोप्दै मान्छेहरु


१४. स्विजरल्याण्डको जेनेभास्थित एक चिडियाघरमा रहेको बिरामी चरालाई खाना खुवाउँदै एक स्वयम सबक

१५. पोल्याण्डको सोपोटमा वर्षापछिको इन्द्रेणीको तस्बिर खिच्दै एक महिला

१६. न्युयोर्क सिटीमा आयोजना भएको सामूहिक योग कार्यक्रमका सहभागीहरु

प्रकाशित मिति: : 2023-07-29 11:53:00

प्रतिकृया दिनुहोस्