अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौ फिफा महिला विश्वकपमा मोरक्कोले दक्षिण कोरियालाई पराजित गरेको छ।
आइतबार एड्लेडस्थित हिन्दमार्श रंगशालामा भएको समूह एच अन्तर्गतको खेलमा दक्षिण कोरिया मोरक्कोसँग १-० ले पराजित भएको हो। मोरक्को लागि खेलको छैटौँ मिनेटमा इब्तिसाम जरैदीले गोल गरेर मोरक्कोलाई सफलता दिलाइन्।
मोरक्को यो पहिलो जित हो यसअघि मोरक्को जर्मनीसँग ६-० ले पराजित भएको थियो।