फिफा महिला विश्वकप: फिलिपिन्समाथि नर्वेकाे सानदार जित

फिलिपिन्समाथि नर्वेले सानदार जित हात पारेर फिफा महिला विश्वकपकाे नकआउट चरणमा प्रवेश गरेकाे छ। 

आइतबार न्यूजिल्यान्डको इडेन गार्डेनमा भएकाे खेलमा नर्वेले फिलिपिन्सलाई ६-० ले पराजित गरेकाे हाे। नर्वेकाे लागि सोफी रोमन हागले  ह्याट्रिक गरिन्। खेलकाे छैटाैँ मिनेटमा हागले गाेल गरेर नर्वेलाई सफलता दिलाइन्। त्यसपछि खेलकाे १७ औँ व्यक्तिगत दोस्रो गोल गरेर टोलीलाई दोबब्र अग्रता दिलाइन्। यता, ३१औँ मिनेटमा नर्वेको लागि क्यारोलिन ग्राहम ह्यान्सनले तेस्रो सफलता दिलाइन्। 

४८औं मिनेटमा लिसिया बार्करबाट आत्मघाती गोल हुने पुगेपछि नर्वे ४-० ले अग्रता लियाे। त्यस्तै, खेलको ५३औं मिनेटमा गुरो रिटेनले पेनाल्टीमार्फत गोल गरेर टोलीलाई पाँचौ सफलता दिलाइन्। यता, इन्जुरी समयमा हागले ह्याट्रिक पूरा गर्दै नर्वेलाई ६(० को फराकिलो जित दिलाइन्।

यस जितसँगै  तीन खेलमा चार अंक जोडेको नर्वेले समूह ‘ए’ बाट अन्तिम १६ मा स्थान बनाएको छ।

प्रकाशित मिति: : 2023-07-30 16:02:00

प्रतिकृया दिनुहोस्