सर्वोच्चले दियो युएनडिओ दर्ता गर्न आदेश, एनआरएनको समानान्तर संस्था दर्ता गर्ने बाटो खुल्यो

फाइल तस्विर
फाइल तस्विर

सर्वोच्च अदालतले गैरआवसीय नेपाली संघ (एनआरएनए)का पूर्वउपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा गठन भएको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (युएनडिओ) दर्ता गर्न आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो संस्था दर्ता गर्न आदेश दिएको हो।

गत वर्ष एनआरएनको निर्वाचनमा विवाद भएपछि लामाले युएडिओ दर्ताको लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए। तर, परराष्ट्र दर्ता अनुमति नदिएपछि लामाले सर्वाेच्चमा रिट हालेका थिए।

यो सँगै एनआरएनको समानान्तर संस्था दर्ता गर्ने बाटो खुलेको छ।

प्रकाशित मिति: : 2023-07-31 18:52:00

प्रतिकृया दिनुहोस्