डिफेन्डिङ च्याम्पियन अमेरिका अस्ट्रेलिया र न्यूजिल्याण्डमा जारी नवौ फिफा महिला विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ । केही समयअघि न्युजिल्याण्डको वेलिङ्टनमा पोर्चुगलसँग बराबरी खेल्दै समूहमा दोस्रो स्थान हासिल गरेर ऊ अन्तिम १६ मा पुगेको हो ।
समुह ई बाट नेदरल्याण्ड्स पहिलो स्थानका साथ अन्तिम १६ मा पुग्यो । समूह चरणको अन्तिम खेलमा भियतनामलाई ६-० ले पराजित गरेपछि उसलाई शीर्षस्थान प्राप्त भएको हो ।
अमेरिकाले अन्तिम १६ मा पग्न नेदरल्याण्ड्स र पोर्चुगलसँग बराबरी खेल्यो भने भियतनामलाई मात्र पराजित गर्यो।
समूह ईँबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको नेदरल्याण्डसले भने अन्तिम पोर्चुगल र भियतनामलाई पराजीत गर्यो भने अमेरिकासँग बराबरी खेल्यो ।
समूह ई बाट पोर्चुगल र भियतनाम अन्तिम १६ मा पुग्न सकेनन् । भियतनाम त जीतको खाता नै नखोली घर फर्कियो । पोर्चुगलले भने भियतनामलाई जितेर ३ अंक हासिल गरेको पोर्चुगल नेदरल्याण्ड्ससँग पराजित रहयो भने अमेरिकासँग बराबर खेल्यो ।
अमेरिका र नेदरल्याण्डससँगै अन्तिम १६ मा पुग्ने देशको संख्या ८ पुगेको छ । यसअघि समूह 'ए' बाट स्विट्जरल्याण्ड र नर्वे, 'बी'बाट अस्ट्रेलिया र नाइजेरिया तथा 'सी'बाट जापान र स्पेन अन्तिम १६ मा पुगिसकेका छन् । आजै अपरान्ह ४ बजे हुने 'डी' समूहका अन्तिम दुई खेलबाट अरू दुई टीम अन्तिम १६ मा पुग्नेछन् ।