काठमाडौंको शैक्षिक ‘हब’ मनास्लुले अभिमुखीकरण कार्यक्रम गर्दै

काठमाडौंको चाबहिल क्षेत्रमा आफूलाई एक अब्बल र हजारौं विद्यार्थीहरूको रोजाइमा पर्न सफल मनास्लु वर्ल्ड कलेजले आगामी श्रावण २० गते शैक्षिक अभिमुखीकरण कार्यक्रम गर्ने भएकाे छ।

शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा नयाँ भर्ना भएका सम्पूर्ण विद्यार्थीहरूलाई कलेजको नीति नियम, विषयवस्तुको विस्तृत जानकारी तथा कलेजभित्र हुने शैक्षिक र सीपमुलक  गतिविधिहरूको बारेमा विवरण प्रस्तुत हुने उक्त कार्यक्रममा अन्य थुप्रै सांस्कृतिक कार्यक्रमहरू पनि हुनेछ। 

हास्यव्यंगकार, अभिनेता तथा कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीको विशेष प्रस्तुतीका साथै मनास्लुमा अध्ययनरत विद्यार्थीहरूको समेत प्रस्तुतिहरू रहने कलेजका अध्यक्ष गेन्द्र लामाले बताए।

मनास्लुको आफ्नै विद्यार्थीहरूको सांगितिक ब्याण्ड द लस एण्ड फाउन्ड, मनास्लु ब्याण्ड,  र्‍यापर लाक्पा तामाङ्ग, डान्सर कुशल अधिकारी, जादुगर राजेन्द्र/ मिना गिरि लागायतका आकर्षक तथा उत्कृष्ट प्रस्तुती समेत रहने अध्यक्ष लामाले बताएका छन्।
 

नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थी भाइबहिनीहरूको उत्साहलाई अझ बढी उमंगका साथ कलेजको हरेक गतिविधिमा सक्रियताका साथ आफूलाई पनि समाहित गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने अध्यक्ष गेन्द्रकाे भनाइ छ। 

कार्यक्रममा हरेक विषयका हेड अफ डिपार्टमेन्टले व्यवस्थापन, मानविकी, विज्ञान र कानुन संकायको विषयवस्तु र त्यसको बारेमा विस्तृत जानकारी पनि दिइने बताइएकाे छ। 

प्रकाशित मिति: : 2023-08-02 10:49:00

प्रतिकृया दिनुहोस्

    Manaslu is progressing

    • एक बर्ष अगाडि
    • Tek Bahadur Yakha