एनआरएनए युवा उपाध्यक्षमा रोशन थापा दोहोरिने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा उपाध्यक्षमा रोशन थापा दोहोरिने भएका छन्। थापालाई उपाध्यक्षमा दोहोर्याउन अहिलेका युवा उपाध्यक्ष राज रेग्मी र हिमाल गुरुङ पनि सकारात्मक छन्।

थापाले युवा उपाध्यक्षमा दोहोरिने इच्छा देखाएपछि युवा संयोजक अब्दुल बसिदले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। संघको एघारौँ महाधिवेशन आगामी अक्टोबरमा हुँदैछ।

विगत लामो समयदेखि जापान र अफ्रिकालाई आफ्नो कर्मथलो बनाएका थापा अनुभवी र सम्भावना बोकेका एनआरएनए अभियन्ता मानिन्छन्। २ दशकअघि अध्ययनका लागि जापान पुगेका थापा सफल व्यवसायी बनेका छन्।

थापाले जापानको एडवा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा मास्टर डिग्री हासिल गरेका छन्। उनी अटो मोबाइल र रियलस्टेट व्यवसायी हुन्।

थापाले जापानमा इन्स्योरेन्स क्षेत्रमा पनि लगानी गरेका छन्। नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा समेत थापाको लगानी छ।

थापासँग यसअघि एनआरएनए ताम्जिनियाको दुई कार्यकाल नेतृत्व गरेको अनुभव पनि छ। उनले एनआरएनए अफ्रिकी क्षेत्रको नेतृत्वसमेत गरेका थिए।

छोटो समयमै विश्वभर लोकप्रियता कमाएका थापालाई युवा उपाध्यक्षमा दोहोरिन आवाज उठिरहेको छ। उनी युवा उपाध्यक्षमा साझा उम्मेदवार सम्भावना प्रवल छ।

प्रकाशित मिति: : 2023-08-03 11:08:00

प्रतिकृया दिनुहोस्