भारतकाे केदारनाथ पहिराेमा परी जुम्लाकाे पातरासीका ११ जना बेपत्ता

महेश नेपाली

काठमाडौं

भारतकाे केदारनाथ गाैरीकुण्डमा पहिराेले हाेटल बगाउँदा जुम्लाकाे पातरासी गाउँपालिकाका ११ जना बेपत्ता भएका छन्।

केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म ११ जना बेपत्ता रहेकाे पातरासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराले बताएका छन्।

'हाम्राे पालिकालाई ठूलो क्षति भएकाे छ। सबै इन्डिया छन्,' उनले भने, 'हालसम्म ११ जना बेपत्ता भएकाे खबर आएकाे छ। अरु पनि धेरैजना बेपत्ता छन् भन्ने सुनिन्छ।'

उनका अनुसार बेपत्ता हुनेमा तिला, तातोपानी र पातरासीका बढी रहेकाे बुझिएकाे छ। २५ जना बढी बेपत्ता रहेकाे सामाजिक सञ्जालमा आइरहेकाे छ।

पातसारी गाउँपालिकाकाे वडा नम्बर २ र ३ का गरी ११ जनाकाे पहिचान भएकाे पालिकाकी उपाध्यक्ष जनमाया राेकायाले बताइन्। 'एकै घरका सात जना बेपत्ता भएकाे खबर आएकाे छ,' उनले भनिन्, 'पातरासीमा ठूलो क्षति भएकाे छ।'

तर भारतीय मिडियाले भने जुम्ला र हुम्ला जिल्लाका १० जना बेपत्ता रहेकाे जनाएका छन्।

बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छाेरा लालबहादुर कामी, सुखरा रावत र उनका छाेरा जाेरा रावत रहेकाे बताइएकाे छ। यस्तै, हुम्ला घर भएका वीरबहादुरले गाैरीकुण्डमा हाेटल गर्दै आएका थिए।

उनकाे हाेटलमा खाना खान गएकाे बेला पहिराले हाेटल बगाएको भारतीय मिडिया जागरणले जनाएको छ। पहिराेमा पर्ने हाेटल सञ्चालक वीरबहादुर, उनकी श्रीमती सुमित्रा, छाेरी निशा र छाेरा हरिबहादुर छन्।

उनीहरूकाे थर खुलेकाे छैन। वीरबहादुरकै हाेटलमा खाना खान गएका धर्मराज बुढा र छाेरा मानबहादुर बुढा पनि बेपत्ता छन्। बेपत्ता हुने थप सात जना पनि नेपाली रहेकाे खबरमा उल्लेख छ। तर उनीहरूकाे नेपालका कुन ठाउँका भन्ने खुलेकाे छैन।

बेपत्ता हुनेमा अमर बोहरा, उनका छाेराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छाेरीद्वय राधिका र पिंकी रहेका छन्।

बेपत्ता हुनेमा जुम्लाका बढी रहेकाे सुचना पातलासी गाउँपालिकाका अध्यक्षले आफूलाई दिएकाे जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताए।

'हामीलाई खास जानकारी छैन। याे कुरा गृह मन्त्रालय र परराष्ट मन्त्रालयमार्फत हुने हाे,' उनले भने, 'हामीले जनकारी गराएका छाैं।'

दिल्ली दूतावासलाई भारतीय प्रहरीबाट प्राप्त जानकारीअनुसार १६ जना नेपाली र ३ भारतीय गौरीकुण्डबाट केदारनाथ जाने बाटोको बीचमा गएराति ११:३० बजे पहिरोमा परी हराएको भन्ने सूचना प्राप्त भएको छ। हालसम्म ३ जनाको शव भटिएको तर पहिचान हुन नसकेको खोजी कार्य जारी रहेको जानकारी प्राप्त भएकाे जुम्लाकी सांसद कान्तिका सेजुवालले बताइन्।

प्रकाशित मिति: : 2023-08-04 14:24:00

प्रतिकृया दिनुहोस्