कमल थापालाई लडाउने राप्रपामा काम गर्ने मात्र बस्छन्: नेता कार्की

राप्रपाका केन्द्रीय सदस्य दिनेश कार्कीले 'नवीन राप्रपा' भनेको पार्टीलाई सबैको साझा बनाउने अभियान रहेको बताएका छन्।

नवीन राप्रपा अभियान अन्तर्गत सिन्धुली जिल्लाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै कार्कीले राप्रपा नेतृत्व नेपालको सबैभन्दा इमानदार र सदाचारयुक्त भएको दाबी गरेका छन्।

`राप्रपा स्थापना भएपछि कुनै पनि नेताहरू भ्रष्टाचारमा मुछिएका छैनन्, देशलाई बर्बाद बनाउने कुकर्ममा सामेल छैनन्, अहिलेको अध्यक्ष त आमाको कशम खाएर बस्नुभएको छ। गर्वका साथ राप्रपाको नेतृत्वबारे गाउँ-गाउँ जानुहोला' सम्बोधन गर्दै कार्कीले भनेका थिए।

नेता कार्कीले स्थानीय नेताहरूलाई निर्देशन दिँदै 'कमल थालालाई लडाएको पार्टी हो, कसैले दम्भ नराखे हुन्छ, अब काम गर्ने मात्र राप्रपामा टिक्नेछन्।'

नवीन राप्रपाको अवधारणा अन्तर पार्टी केन्द्रीय सदस्य दिनेश कार्कीलाई सिन्धुलीका तीन स्थानीय तहको जिम्मेवारी दिइएको छ।दुधौली नगरपालिका, फिक्कल गाउँपालिका र तीन पाटन गाउँपालिकामा कार्की खटिएका छन्।

प्रकाशित मिति: : 2023-08-05 20:22:00

प्रतिकृया दिनुहोस्