गायक उदित नारायण र दिपा झाको स्वरमा नयाँ नेपाली गीत आउँदै

तस्बिर सौजन्य: उदित नारायण झा
तस्बिर सौजन्य: उदित नारायण झा

लामो समयको अन्तरालपछि प्रसिद्ध गायक उदित नारायण झा र दिपा झाको स्वरमा ‘थाहा छैन आज भोलि खै के के हुन थाल्यो’ गीतको रेकर्डिङ सम्पन्न भएको छ।

चर्चित कवि तथा गीतकार सरला श्रेष्ठको शब्द रचना रहेको गीतको रेकर्डिङ  मुम्बईस्थित कृष्ण अडियो स्टुडियोमा साउन १९ गते भएको संगीतकार लक्ष्मण पोखरेलले बताए। 

माया प्रेमको भाव समेटिएको गीतलाई मनोज चौलागाईंले संगीत संयोजना गरेका छन् भने अमिर शैखले गीतलाई रेकर्ड गरेका थिए।

किशोर थापाको मिक्सिङ मास्टरिङ रहने गीतको छिट्टै म्युजिक भिडियो निर्माण गरिने गीतकार सरला श्रेष्ठले जानकारी गराइन्। 

उदित र दिपाको सदाबहार जोडीलाई नेपाली दर्शक स्रोतामाझ लामो समयको अन्तरालपछि नेपाली ल्याउन पाएकोमा खुसी लागेको संगीतकार पोखरेलले बताए।

गीतकार सरला श्रेष्ठसँग मिलन नेवारले गाएको ‘अधिकार बाँडिदेउ’ बोलको गीतमा सहकार्य गरेका संगितकार पोखरेल यो गीतबाट पनि निकै आशावादी रहेका छन्।

नब्बेको दशकको धुनलाई नयाँ शैलीमा प्रस्तुत गरिएको छ। स्रजक उदित नारायण र दिपा यो गीतबाट निकै उत्साहित रहेको र नेपाली दर्शक स्रोताहरुले मनपराउनेमा आशाावादी रहेको संगीतकार पोखरेलले बताए।

अहिलेका चर्चित र व्यस्त संगीतकारको रुपमा काम गरिरहेकका संगीतकार पोखरेल र गीतकार सरला श्रेष्ठको यो सांगीतिक सहकार्य नेपाली संगीतमा अर्को कोसेढुंगा बन्नेमा दुवै आशावादी छन्। 

नेपाली गीत संगीतको उत्थानमा निरन्तर लागिपरेकी गीतकार श्रेष्ठ र संगीतकार पोखरेलको सहकार्यमा नयाँ गीतहरु आउने तयारीमा छ ।

प्रकाशित मिति: : 2023-08-07 21:40:00

प्रतिकृया दिनुहोस्