नेपाली राष्ट्रिय फुटबल टोलीका तीन खेलाडी अस्ट्रेलिया प्रस्थान गरेका छन्।
राष्ट्रिय टोलीका पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका हुन्। यसअघि राष्ट्रिय टोलीका स्ट्राइकर दीपकराज सिंह ठकुरी पनि अस्ट्रेलिया उडेका थिए।
आफ्नो सुन्दर भविष्यको लागि भन्दै विदेश पलायन हुने नेपाली खेलाडीहरूकाे संख्या बढिरहेकाे छ। यसैक्रममा यी तीन खेलाडी पनि अस्ट्रेलिया उडेका हुन्। यसअघि नेपाली राष्ट्रिय टोलीका दुई दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलिया पलायन भइसकेका छन्।