राष्ट्रपति पौडेल र साउदी अरेबियाका राजदूत अबुहैमेदबीच शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति निवासमा आज उनीहरूबीच भेटवार्ता भएको हो। सो अवसरमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले साउदी सरकारले नेपालको विभिन्न क्षेत्रको विकासमा पुर्‍यएको सहयोगका लागि धन्यवाद व्यक्त गरे। 'उहाँले नेपाल र साउदी अरबबीच सहकार्य गर्नका लागि पर्यटन एक महत्त्वपूर्ण सम्भावित क्षेत्र रहेको कुरासमेत गर्नुभयो', राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रवक्ता शैलजा रेग्मी भट्टराईले उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2023-08-10 17:51:00

प्रतिकृया दिनुहोस्