वरिष्ठ अधिवक्ता यदुनाथ खनालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रको प्रकरणमा पक्राउ गर्न र मुद्दा चलाउन नसक्ने बताएका छन्।
उनले नक्कली शैक्षिक प्रमाणपत्रको विषय अख्तियार दुरुपयोग अनुसनधान आयोगको क्षेत्राधिकारमा पर्ने दाबी गरेका छन्।
‘सिआइबीले नक्कली प्रमाणपत्रका विषयमा मानिस पक्राउ गर्ने, म्याद थप गर्ने र विशेष अदालतमा मुद्दा दायर गर्न कुनै हालतमा सक्दैन, न त आफैँले भारतीय प्रमाणपत्र सक्कली वा नक्कली भन्ने अनुसन्धान गरी भारतीय प्रमाणपत्र किर्ते गरेको भनि किर्ते मुद्दा नै चलाउन सक्छ’, उनले लेखेका छन्, लोकोक्ति छ ‘दाल मे कुछ काला है’ हेरौ मुद्दाको रुपरङ नै फेरिएर आउन पनि सक्छ, किनभने निजलाई जसरि पनि थुनामा राख्नुपर्छ भन्ने सरकारको ध्येय हुन सक्छ।’
यस्ताे वरिष्ठ अधिवक्ता यदुनाथ खनालकाे भनाइ
कुनै पनि राष्ट्रसेवकले नक्कली प्रमाणपत्र पेश गरि सार्वजनिक जवाफदेहीको पदमा रहेको भए यसको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्छ र अनुसन्धान अधिकृतको प्रतिवेदनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल सरकारवादी भइ विशेष अदालतमा मुद्दा दायर गर्ने कानुनी व्यवस्था छ, तर पनि केही अनलाइन समाचारहरुमा नक्कली प्रमाणपत्रको अभियोगमा सिआइबीले माननीय सांसद डा. सुनिल कुमार शर्मा पक्राउ परेको भन्ने समाचार सम्प्रेषण गरिराखेका छन्। सिआइबीले नक्कली प्रमाणपत्रका विषयमा मानिस पक्राउ गर्ने, म्याद थप गर्ने र विशेष अदालतमा मुद्दा दायर गर्न कुनै हालतमा सक्दैन, न त आफैँले भारतीय प्रमाणपत्र सक्कली वा नक्कली भन्ने अनुसन्धान गरि भारतीय प्रमाणपत्र किर्ते गरेको भनि किर्ते मुद्दा नै चलाउन सक्छ। लोकोक्ति छ ‘दाल मे कुछ काला है’ हेरौ मुद्दाको रुपरङ नै फेरिएर आउन पनि सक्छ, किनभने निजलाई जसरि पनि थुनामा राख्नुपर्छ भन्ने सरकारको ध्येय हुन सक्छ।
नक्कली शैक्षिक प्रमाणपत्र लिएकाे आरोपमा काँग्रेस सांसद सुनिल शर्मासहित ६ जना चिकित्सक पक्राउ परेका छन्। सीआईबीले कथित नक्कली प्रमाणपत्रधारी डाक्टरमाथि चलाएको अपरेसनमा अहिलेसम्म एक सांसदसहित ७ जना पक्राउ परिसकेका छन्।
शुक्रबार बिहान धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ परेकी थिइन्।
त्यसैगरी त्यसपछि त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई अपरान्ह तिर पक्राउ गरिएको थियो। सोही दिन साँझ डा. रामबाबु यादव , डा. एरिना यादव र डा. रञ्जितकुमार यादवलाई पक्राउ गरेको थियो।