एनएमबी कपअन अन्तर स्कूल यू-१४ फुटबल प्रतियोगिताको उपाधि चेल्सी वल्र्ड स्कुलले जितेको छ।
बुढानीलकण्ठ नगरपालिका १० स्थिित कपन स्पोट्रस सेन्टरमा भएको खेलमा चेल्सी वल्र्ड स्कूलले मनकामन बोडिग स्कूलाई १-०ले पराजय गरेको हो। गत बुधबारदेखि सुरु भएको सो प्रतियोगितमा २९ वटा स्कूलको ३० टिमलेले प्रतिस्पर्धा गरेको थियो। एनअमबी बैैकको प्रायोजना भएको सो प्रतियोगिताको क्वाटरफाइनल, सेमिफाइनल र फाइनल आजै भएको हो।
पहिलो दिन बुधबार समूह सी’ बाट चेल्सी वार्ल्ड स्कुल र समूह ‘डी’ बाट रिब्स ‘ए’ (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) ले अन्तिम आठको यात्रा तय गरेका थिए। यता, दोस्रो दिन शीर्षस्थानमा रहेर जोसेफ हाईस्कुल, लिभिङ वर्ड, माउन्ट ग्लोरी, मनकामना, ब्रम्हकुञ्ज र वेदव्यास स्कुल क्वार्टरफाइनल प्रवेश गरेका थियो।
आज भएको फाइनल खेलको प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा रहेका थिए भने अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव दामोदर (बद्री) भट्टराई, राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन, मछिन्द्र क्लबका कप्तान एवम् गोलकिपर विशाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपरको अवार्ड चेल्सी सकूलका आयुश यादवले जिते। प्रतियोगिताको वेष्ट प्लेयरको अवार्ड चेल्सी वल्र्ड स्कूलका अदित्य शाहालाई प्राप्त भयो भने प्रतियोगिताको सर्वाधिक गोलकर्ता मनकामना स्कूलका आयुश दर्नाले जिते।