गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने

File photo
File photo

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने भएको छ।

गोकर्णेश्वर नगरपालिकाले आज एक सूचना प्रकाशित गरी देशव्यापी फैलिएको आँखा रोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले चार दिन विद्यालय बन्द गर्न लागेको हो। नगरप्रमुख दीपककुमार रिसालले आँखासम्बन्धी रोग गोकर्णेश्वर नगरभित्र विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीलाई समेत देखिन थालेकाले साउन ३० देखि भदौ १ गतेसम्म नगरभित्रका सबै विद्यालय बन्द गर्न लागिएको जानकारी दिए।

पछिल्लो समय देशका विभिन्न स्थानमा आँखा पाक्ने रोग देखिएपछि विद्यालयहरु बन्द हुन थालेका छन्।

प्रकाशित मिति: : 2023-08-14 17:58:00

प्रतिकृया दिनुहोस्